काठमाडौं – काठमाडौंबाट मनाङ गइरहेको पर्यटक सवार स्कार्पियो पहिरोमा पुरिएको छ । लमजुङको मर्स्याङदी गाउँपालिका–४ स्याँगेमा आएको पहिरोले शनिबार साँझ मनाङ गइरहेको बा१६च ५०६८ नम्बरको स्कार्पियो पुरेको हो ।
पहिरोले स्कार्पियोको अगाडिको भागमात्र पुरेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिपमा चालकसहित पाँच जना यात्रु रहेको बताइएको छ । अबिरल वर्षापछि आएको पहिरो खसेर शनिबार स्कारपियो पुरेपछि साँझ साढे ६ बजेदेखि लमजुङ सदरमुकाम बेंसीसहर–मनाङ सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो हटाउन आइतबार बिहानै जेसिबी मेसिनसहितको टोली खटाइए पनि ठूला–ठूला ढुंगासँगै माटो खसेका कारण पहिरो हटाएर सडक सुचारु गर्न केही समय लाग्ने प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।




प्रतिक्रिया