काठमाण्डु विश्वविद्यालयमा विवादित व्यक्तिलाई नियुक्ति नगर्न डा.केसीको माग

काठमाण्डु विश्वविद्यालयमा विवादित व्यक्तिलाई नियुक्ति नगर्न डा.केसीको माग


काठमाण्डु – डा. गोविन्द केसीले काठमाण्डु विश्वविद्यालयका पदाधिकारी नियुक्तिका क्रममा चलखेल भइरहेको भन्दै आफ्नो  गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले पदाधिकारी नियुक्तिमा भइरहेको चलखेलप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आफुसँग सम्झौता भए बमोजिम नयाँ कानुन नबनुन्जेल वरिष्ठता तथा कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्ति गर्न माग गरेका छन् ।

उनले विज्ञप्तिमा लामो समयदेखि विश्वविद्यालय सुधारका लागि पदाधिकारी नियुक्तिमा दलीय भागवण्डाको अन्त हुनुपर्ने मागसहित संघर्ष गर्दै आइरहेको उल्लेख गरेका छन् ।

पछिल्लो सत्याग्रहपछि पदाधिकारी नियुक्ति प्रक्रियामा सुधारका लागि कानुनी व्यवस्था गर्ने सम्झौता भएको भन्दै उक्त सम्झौता कार्यन्वयन गर्न माग समेत गरेका छन् ।