काठमाण्डुको ८०.२४ प्रतिशत मतगणना सकियो, कसले कति पाए ?


काठमाण्डु – ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत काठमाण्डु महानगरपालिकामा ८०.२४ प्रतिशत गणना सकिएको छ ।

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार महानगरमा खसेको १ लाख ९१ हजार ५१ मतमध्ये हालसम्म १ लाख ५३ हजार ३०० मतगणना गरीसकिएको हो । यो भनेको खसेको कूल मतको ८०.२४ प्रतिशत हो । अब ३७ हजार ७५१ मतगणना गर्न बाँकी रहेको छ ।

काठमाण्डु महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार ७५० मत प्राप्त गर्दै सुरुदेखिको अग्रता कायम राखेका छन् । यो भनेको मतगणना भएकोमध्ये ३३ प्रतिशत मत हो ।

काठमाण्डु महानगरपालिकामा दोस्रो ठूलो मत नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले पाएकी छन् । उनले हालसम्म ३१ हजार ७३१ मत प्राप्त गरेकी छन् । उनले गणना भएकोमध्ये २१ प्रतिशत मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ४४ मत प्राप्त गरेका छन् । मतगणना भएकोमध्ये २० मत स्थापितले पाएका छन् ।

काठमाण्डु महानगरको प्रमुखमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायामीले ८ हजार ९८२ मत प्राप्त गरेका छन् । उनले गणना भएकोमध्ये ६ प्रतिशत मत पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement