काेराेना बढेपछि काठमाण्डु उपत्यकामा कडाई, के–के गर्न पाइन्छ ? (सूचीसहित)

काेराेना बढेपछि काठमाण्डु उपत्यकामा कडाई, के–के गर्न पाइन्छ ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको संक्रमण बढेसँगै काठमणडु उपत्यकामा कडाई गरिएको छ । मंगलबार काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्वास्थ्य प्रोटोकलमा कडाई गरेको हो ।

घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रमा हिँडडुल गर्दा मास्क अनिवार्य गरिएको छ । यसैगरी माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू सञ्चालन गर्न पाइने छैन । २५ जनाभन्दा बढी भेला हुन पनि रोक लगाइएको छ । साथै सार्वजनिक यातायातमा कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न नपाइने भएको छ ।

सार्वजनिक सवारीमा यात्रा गर्ने सबै यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नुपर्ने लगायत आदेश जारी गरिएको छ।