काठमाण्डु उपत्यकामा अघोषित ‘निषेधाज्ञा’ कायमै, के–के सञ्चालन गर्न पाइन्छ ?

काठमाण्डु उपत्यकामा अघोषित ‘निषेधाज्ञा’ कायमै, के–के सञ्चालन गर्न पाइन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा अझै निषेधाज्ञा लगाइएको छ । काठमाण्डु, भक्तपुर ललितपुर जिल्ला प्रशासन कार्यालयले अनौपचारिक रुपमा निषेधाज्ञा कायम राखेका हुन् ।

काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज एक विज्ञप्ति जारी गर्दै यसअघि लागू हुँदै आएको सार्वजनिक तथा निजी सवारी साधनको जोर बिजोर प्रणाली यथावत राखिएको छ ।

यस्तै, भेला, जुलुस, जात्रा, महोत्सवलाई निषेध गरिएको छ । पुस्तकालय, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पाः लगायत पनि बन्द नै रहने सूचनामा उल्लेख छ ।

यससँगै प्रशासनले यसअघि लागू गरेको बार अनुसार पसल खोल्ने व्यवस्था हटाइएको छ । अब जुनसुकै दिन पनि पसल, व्यवसाय सञ्चालन हुनेछन् ।