काठमाण्डु उपत्यकामा घरबेटीले डेरावाललाई दुःख दिए भन्दै सरकारलाई ज्ञापनपत्र

काठमाण्डु उपत्यकामा घरबेटीले डेरावाललाई दुःख दिए भन्दै सरकारलाई ज्ञापनपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकाका घनधनीहरुले डेरामा बस्नेलाई दुःख दिएको भन्दै सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।

नेपाल डेरावाल समाजले घरबेटीहरुले विभिन्न बहानामा डेरावालहरुलाई कुटपिट गर्ने, कोठाबाट निकाल्नेजस्ता समस्या देखिएको भन्दै गृह र स्वास्थ्य मन्त्रालयको ध्यानआकर्षण गराएको हो ।

लकडाउनको समयमा डेरा भाडा तिर्न नसक्दा कतै डेरावालको हत्या गर्नेसम्म जघन्य अपराध गरिएको छ भने कतै डेरावाललाइ भाडा नतिरेको भनेर कुटपिट भएको घटनाबारे समाजले सरकारसँग सहयोग मागेको हो ।

पछिल्लो समय बाहिरी ठाउँबाट आएको भनेर भनेर कतिपय डेरावाललाई घरबेटीले आफ्नो कोठामा डेरावाललाई प्रवेश नदिएका घटना बाहिरिँदै आएका छन् ।

त्यस्तै समाजले स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका संक्रमितलाई घरमै आइसोलेसनमा बस्न र सरकारी अस्पतालमा भर्ना नगरिने भनिरहँदा कतिपय घरबेटीले डेरामा बस्नेलाई कोरोना संक्रमित भए आफ्नो कोठामा पस्न नदिने वा कोठाबाट निस्किन दबाब दिने जस्ता अमानवीय हर्कत गरेको गुनासो समेत धेरै आउन थालेको जनाएको छ ।