काठमाण्डु – काठमाण्डु उपत्यकामा भदौ ४ गतेबाट बन्द रहेका सवारी साधान सञ्चालनमा आएका छन् । काठमाण्डु, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा जोरबिजोर प्रणालीबाट सवारी सञ्चालनको अनुमति दिएको हो ।
प्रशासनले सार्वजनिक सवारीको हकमा १६ सिटे क्षमताका गाडी र ट्याक्सी सञ्चालनको अनुमति दिएको हो । निषेधाज्ञा खुकुलो भएसँगै सवारीको चाप पनि बढेको हो छ ।
प्रशासनले ट्याम्पो र माइक्रोबसलाई सञ्चालन गर्न दिएको छैन् । त्यस्तै व्यापार व्यवसाय पनि सञ्चालन भएका छन् । प्रशासनले पसल सञ्चालनका लागि कार्यतालिका नै बनाएको छ ।





प्रतिक्रिया