काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १४० पुगेको छ ।
काठमाडौंमा २७, ललितपुरमा २ र भक्तपुरमा १ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका पाँचजना, वीर अस्पतालमा काठमाडौंका एक र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका २१, भक्तपुरका १ र ललितपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो ।




प्रतिक्रिया