काठमाडौं – काठमाडौं उपत्यकामा शुक्रबार ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार पाटन अस्पतालमा काठमाडौंका १५, भक्तपुर १, ललितपुर १३ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौंका १२, शुक्रराज ट्रपिकल अस्पताल टेकुमा काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो ।
उनले उपत्यकाको कुन कुन ठाउँका व्यक्तिमा कोरोना संक्रमण भएको हो भन्ने खुलाउन चाहेनन् ।




प्रतिक्रिया