काठमाण्डु उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा, के–के सञ्चालन हुन्छ ?

काठमाण्डु उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा, के–के सञ्चालन हुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा निषेधाज्ञा लगाइएको छ । सोमबार काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

वैशाख १६ गतेदेखि लागू हुनेगरी निषेधाज्ञा लगाइएको एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । उनकाअनुसार अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्नेगरी निषेधाज्ञा लगाइएको छ । यसको औपचारिक घोषणा केही समयपछि गरिने उनले बताए ।

‘१६ गतेबाट निषेधाज्ञा लगाउने निर्णय भएको छ । के–के सञ्चालन हुने भन्ने विषयमा हामी छलफलमा छौं’, ती सिडिओले काठमाण्डुपाटीसँग भने ।

जसअनुसार शैक्षिक संस्था, होटल, व्यवसाय (अत्यावसेक बाहेक), पार्टी प्यालेसलगायतका क्षेत्र बन्द हुनेछन् । शव वाहन, एम्बुलेन्स, खानेपानी, औषधि, खाद्यका गाडी, खाद्यान्न पसल, औषधि पसलसहितका अत्यावषेक क्षेत्रहरु खुला हुनेछन् ।