काठमाडौं – कााठमाडौं उपत्यकाको तापक्रम मंगलबार बिहान यो वर्षकै कम मापन गरिएको छ । मंगलबार बिहान काठमाडौको न्यूनतम तापक्रम तापक्रम १० दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौको न्यूनतम तापक्रम सोमबार ११ डिग्री सेल्सियस थियो । यसअघि गएको ७ गते काठमाडौको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा झरेपनि त्यसपछि बढेर १२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो ।
अब बिस्तारै तापक्रम अझै घट्दै जाने मौसमविद्ले बताएका छन् । बुधबारदेखि देशभरको मौसम अझ धेरै बदली हुने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।
पश्चिमी वायु सक्रिय हुने लागेकाले बुधबारदेखि देशभर मौसम बदली भएर बिहीबार केही ठाउँमा पानी पर्ने संभावना रहेको उनले जानकारी दिइन् । मंगलबार पूर्वको पहाडी क्षेत्र बाहेकका सबैजसो ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ ।




प्रतिक्रिया