काठमाण्डु – बागमती प्रदेश सरकारले प्रदेशभित्रको सवारी साधनको भाडादर समायोजना गरेको छ ।
भाडा दर समायोजन गर्र्दै प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ । यो नयाँ व्यवस्था काठमाण्डुउपत्यकाभित्र सञ्चालन हुने सवारी साधनका साथै उपत्यकाबाट बागमती प्रदेशका विभिन्न स्थानमा चल्ने रुटहरूमा लागू हुनेछ। दूरीका आधारमा भाडा निर्धारण गरिएको प्रदेश सरकारले जनाएको छ ।
नयाँ भाडादर अनुसार उपत्यकाभित्र सार्वजनिक यातायातको न्यूनतम भाडा अब २४ रुपैयाँ कायम गरिएको छ। दूरीअनुसार उपत्यकाभित्रको भाडा तोकिएको छ ।
जसअनुसार ५ किलोमिटर २४ रुपैयाँ भाडा तोकिएको छ भने १० किलोमिटरको भाडा ३३ रुपैयाँ कायम गरिएको छ ।
यस्तै १५ किलोमिटरसम्म ३९ रुपैयाँ, २० किलोमिटरसम्म ४४ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ५० रुपैयाँ भाडा तोकिएको छ ।
तर, विद्युतीय सवारी साधनका हकमा भने हालसम्म लागू भइरहेको पुरानै भाडादर कायम रहने छ ।











प्रतिक्रिया