आजदेखि काठमाण्डुमा भेरोसेल खोपको दोस्रो मात्रा सुरु, कहाँ कहाँ पाइन्छ लगाउन ?

आजदेखि काठमाण्डुमा भेरोसेल खोपको दोस्रो मात्रा सुरु, कहाँ कहाँ पाइन्छ लगाउन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुमा आजदेखि यसअघि भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाउन थालिएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना जारी गर्दै गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूलाई आजदेखि बिहीबारसम्म दोस्रो मात्रा खोप लगाइने जानकारी दिएको हो ।

काठमाण्डु महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका र शंखरापुर नगरपालिकाका विभिन्न स्थानका खोप केन्द्रबाट खोप दिइने छ ।

काठमाण्डु महानगरका १३ अस्पताल र स्वास्थ्य केन्द्रबाट खोप दिइनेछ भने अन्यत्र पनि स्वास्थ्य केन्द्रबाट खोप दिइने सूचनामा उल्लेख छ । भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म उपस्थित हुन निर्देशनालयले जनाएको छ । महानगरले पहिलो मात्राको खोप लगाएको कार्ड साथैमा लिएर समेत आउन भनेको छ ।