काठमाण्डु – दसैँ सुरु भएसँगै घर जानेहरूको भीड बढेको छ ।
काठमाण्डुबाट बाहिरिने मुख्य नाकाहरू कोटेश्वर, जडीबुटीमा अरनिको र बिपी राजमार्ग भएर बाहिरिने यात्रुहरूको भिड लागेको छ । यस्तै अर्को मुख्य नाका कलंकीमा पनि दशैँ मनाउन गाउँ फर्किनेहरुको भिड लागेको छ ।
घटस्थापना पछि हरेक दिन उपत्यका छोड्नेको संख्या बढिरहेको छ । दशैँ मान्न कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाण्डुका विभिन्न नाकामा सवारीको चाप बढेको छ । घटस्थापनादेखि नै उपत्यका बाहिरिने यात्रुहरुको चाप बढेको हो ।
यस्तै अर्को मुख्य नाका कलंकीमा पनि दशैँ मनाउन गाउँ फर्किनेहरुको भिड लागेको छ । घटस्थापना पछि हरेक दिन उपत्यका छोड्नेको संख्या बढिरहेको छ ।














प्रतिक्रिया