आज छैन काठमाण्डुमा निषेधाज्ञा र कर्फ्यु

आज छैन काठमाण्डुमा निषेधाज्ञा र कर्फ्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ६ दिनदेखि काठमाण्डु उपत्यकामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु शनिबार बिहानदेखि हटेको छ।

नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्यु लगाउँदै आएका थियो । काठमाण्डु र भक्तपुरमा निषेधाज्ञा र कर्फ्यु हटाइएपति ललितपुरमा भने कायमै छ ।

सेना र स्थानीय प्रशासनले शनिबार काठमाण्डुमा निषेधाज्ञा र कर्फ्यु सम्बन्धी सूचना जारी गरेका छैनन्।

निषेधाज्ञा र कर्फ्यु हटेसँगै काठमाण्डु उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ।

जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि स्थानीय प्रशासनले काठमाण्डु उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र कर्फ्यु जारी गरेका थिए।

यसैगरी चितवनमा २६ गतेदेखि लगाइएको कर्फ्यू तथा निषोधाज्ञा हटाइएको छ ।

जिल्ला सुरक्षा समितिले निर्णय गरेर शनिबार बिहान ७ बजेदेखि लागू हुनेगरि कर्फ्यू तथा निषेधाज्ञा हटाइएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।