काभा भलिबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै

काभा भलिबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा नेपालले शुक्रबार घरेलु टोली पाकिस्तानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ।

पछिल्ला दुई खेलमा पराजित नेपाली टोली पहिलो जितको लक्ष्यमा छ। यसअघिका खेलमा नेपाल क्रमशः कजाखस्तान र श्रीलंकासँग समान ३–२ सेटको नतिजामा पराजित भएको थियो। नेपाल दुई अंकसहित तालिकाको अन्तिममा छ। घरेलु टोली पाकिस्तान दुई खेलमा विजयी हुँदै छ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ।

सिंगल राउन्ड रोविन लिगपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। शीर्ष चारमा अटाउन नसक्ने टोलीले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

सेमिफाइनल १ मा शीर्ष र चौथो स्थानमा रहने टोलीबीच भिडन्त हुनेछ। त्यस्तै सेमिफाइनला २ मा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले एकअर्कासँग खेल्नेछन्।

पाकिस्तानपछि नेपालले आइतबर बंगलादेश र सोमबार पहिलो चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्नेछ।