काभा वुमन्स नेसन्स भलिबल लिग : आज नेपाल र माल्दिभ्स भिड्ने

काभा वुमन्स नेसन्स भलिबल लिग : आज नेपाल र माल्दिभ्स भिड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–   नेपालले काठमाण्डुमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज माल्दिभ्ससँग खेल्दै छ ।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज साँझ ५: १५ बजेदेखि शुरु हुने छ ।

नेपालले जारी प्रतियोगितामा यस अघि खेलेका ३ खेलमा २ जित र एक हारसहितअंक हासिल गरेको छ ।

त्यस्तै माल्दिभ्सले भने यस अघि खेलेका तिनै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिसकेको छ ।

त्यस्तै आज यो खेलअघि भारत र श्रीलंकाबीच पहिलो खेल हुँदै छ । प्रतियोगिताको सेमिफाइनलमा आयोजक नेपालसहित भारत, इरान र श्रीलंका पुगिसकेका छन् भने आजका खेलले सेमिफाइनलको समीकरण तय गर्ने छ ।