काठमाण्डु-काभा २० वर्षमूनीको महिला भलिबल च्याम्पियनसिपमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो ।
माल्दिभ्सको मालेमा गएराति भएको खेलमा नेपाल किर्गिस्तानसँग २७–२५, २५–२३ र २५–१७ ले पराजित भयो । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ३–१ ले हारेको थियो । अन्तिम खेलमा नेपालले आज आयोजक माल्दिभ्ससँग खेल्नेछ ।
प्रतियोगितामा नेपाल, माल्दिभ्स, किर्गिस्तान र श्रीलङ्का सहभागि छन् । प्रतियोगिताको सेमिफाइनलमा अङक तालिकाको पहिलो र चौथो टोली तथा दोस्रो र तेस्रो टोली खेल्नेछन् ।




प्रतिक्रिया