काभ्रेमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान


काठमाडौं –काभ्रेको रोशी गाउँपालिकाका गोली चलेको छ ।प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको हो ।

विप्लव समूहले बम बनाइरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि उक्त समूहका कार्यकर्ता जाइलागेपछि प्रहरीले प्रतिकार गरेको दाबी उच्च प्रहरी स्रोतको छ ।

घटनास्थलबाट बम बनाउने कार्यमा संलग्न दुईजना पक्राउ परेका छन् ।घटनाबारे थप विवरण आउन बाँकी छ । सरकारले प्रतिबन्ध लगाएपछि देशभर विप्लव समूहविरुद्ध सुरक्षा संयन्त्र परिचालित छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement