काभ्रेमा गोली चल्यो,पाँच जना घाइते


काठमाडाैं – काभ्रेको रोशी गाँउपालिकामा बुद्धचित्तको माला लुटपाट गर्न आएको समू्हले गोली चलाएको छ । बुद्धचित्तको माला लुटपाट गर्न आएको समू्हले शुक्रबार बिहानै गोली चलाएको काभ्रे प्रहरीले जनाएको छ ।

बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

उनले भने, ‘घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार हुँदैछ ।’ थापाका अनुसार काभ्रेको रोशी गाउँपालिका सिपालीमा सोमरानी तामाङ र विरबहादुर लामाको बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चलेको हो । थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस
Advertisement