काठमाडौं – कावासोती जंगलमा कावासोती जंगलमा ट्रकको ठक्करबाट मारिने पाँचै जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा नवलपुरको देबचुली नगरपालिका–१ केउरेनी बस्ने ३५ बर्षिय दिपक भनिने पूर्ण बहादुर बि.क, देवचुली ५ बस्ने दिल बहादु ढेगाँ मगर, देवचुली १० पृथ्वीनगरका दिपेश राना, सोहि ठाँउका हिरा राना र कैलालीका सुरज राना मगर रहेको प्रहरीले जनाएको छ ।
गए राति सवा १० बजे पूर्वी नवलपरासीको कावासोती–८ खरकट्टा जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नंको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नंको कार एक आपसमा ठोक्किँदा कारमा सवार ५ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए । कारमा सवार देवचुली नगरपालिकाका व्यक्ति हुन सक्ने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया