सहकारी ठगीमा मुछिएका रविलाई जोगाउन सत्तापक्षले षड्यन्त्र गर्‍योः चित्रबहादुर केसी

सहकारी ठगीमा मुछिएका रविलाई जोगाउन सत्तापक्षले षड्यन्त्र गर्‍योः चित्रबहादुर केसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको बचाउमा सत्ता गठबन्धन लागेको बताएका छन् ।

आइतवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले लामिछानेलाई बचाउनको लागि सत्तापक्षले षड्यन्त्र गरेको आरोप लगाएका हुन् ।

‘सहकारीमा ठगेर मुलुकलाई यत्रो बर्बाद पार्नेहरूलाई सत्ता पक्षले जोगाउन जुन खालको षड्यन्त्र गरिराखेको छ । यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो ।’, केसीले भने ।