हिमाल कार्की कांग्रेस कोसी संसदीय दलको उपनेतामा नियुक्त

हिमाल कार्की कांग्रेस कोसी संसदीय दलको उपनेतामा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – हिमाल कार्की नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलको उपनेतामा नियुक्त भएका छन् । संसदीय दलका नेता उद्धव थापाले उनलाई उपनेता नियुक्त गरेका हुन् ।

उदयपुर क्षेत्र नम्बर १ को प्रदेश (२) बाट दोस्रोपटक प्रदेशसभामा निर्वाचित उनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री हुन् । उनी कांग्रेस उदयपुरका जिल्ला सभापति समेत हुन् ।