विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय संसद्बाट प्रदेशलाई होच्याउने काम सुनेको बताएका छन् ।
आज बिहीबार बसेको प्रदेशसभा बैठकमा सांसदको प्रश्न मुख्यमन्त्रीको उत्तर कार्यक्रममा मुख्यमन्त्री कार्कीले संघीय संसद् र सरकारप्रति गुनासो पोखे ।
उनले भने, ‘कहिले प्रदेशलाई तुच्छ शब्द गर्ने र कहिले प्रदेशलाई गन्दै नगन्ने प्रायोजित कुरा गरेर बिताएको छ । कहिले प्रदेशमा माननीयज्यूहरूलाई समेत ओझ घट्ने गरी मर्यादाक्रम बनाउने । कहिले प्रदेशलाई होच्याउने काम संघीय संसद्बाट सुनेकै छौं ।’
मुख्यमन्त्री कार्कीले प्रदेश र स्थानीय तहलाई आवश्यक कानून निर्माणमा संघले विलम्ब गरेर सरकार बनाउने गिराउने खेलमा लागेको बताए ।




प्रतिक्रिया