काठमाण्डु – निषेधित क्षेत्रमा अनसन बसेका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएका उनलाई टंकीसिनुवारीको बुढीगंगास्थित घरमा लगेर छोडिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जानकारी दिए ।
अनसनरत कार्कीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र उनका समर्थकबीच झडप समेत भएको थियो । नियन्त्रणमा लिने क्रममा पक्राउ परेका उनका कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ ।
जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा सम्भावित असर पर्न सक्ने भन्दै विराटनगरका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मंगलबार दिउँसो ३ बजेदेखि अर्को सूचना नआएसम्म निषेधाज्ञा लागू गरिएको छ ।




प्रतिक्रिया