कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत


विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश सभामा राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत परेको छ ।

केन्द्रीय सत्तारुढ गठबन्धनको निर्णयविपरीत नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्तिपछि कार्कीको समर्थनमा सत्तारुढ गठबन्धनले पनि विश्वासको मत दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement