केकी बनिन् पुनः झुटो प्रचारको सिकार

केकी बनिन् पुनः झुटो प्रचारको सिकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नायिका केकी अधिकारीले एक चलचित्र निर्माणमा सहमति बिना आफ्नो नाम आएपछि आपत्ति जनाएकी छन् ।

चलचित्र निर्माण कम्नपी ‘ब्लु वर्ड एच डी’ ले ‘तिम्रो नजर’ नामको चलचित्र निर्माण गर्ने क्रममा आफ्नो नाम सहमतिबिना प्रयोग गरेपछि उनले आपत्ति जनाएकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत सो चलचित्र निर्माण कम्पनीले आफ्नो नाम अनावश्यक रूपमा प्रयोग गरेको, आफूले उक्त चलचित्र निर्माण कम्पनीसँग कुनै पनि सम्झौता नगरेको बताएकी छन् । उनले आफ्नो कागज पत्र, हस्ताक्षर र नामको दुरुपयोग गरेको पाइए सम्बन्धित निकायसँग कारबाहीको माग गर्ने समेत बताएकी छन् ।

‘विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार ‘ब्लु वर्ड एच डी’ नामक चलचित्र निर्माण कम्पनीले ‘तिम्रो नजर’ नाम गरिएको चलचित्र निर्माण गर्ने बहानामा कलाकारको रूपमा मेरो संलग्नता देखाई सरकारी कागजपत्र समेतको दुरुपयोग गरेको भन्ने समाचार प्रति सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु । मैले त्यस्तो नाम गरेको कुनै चलचित्र निर्माण कम्पनीसँग कुनै पनि नामको चलचित्रमा सम्झौता गरेकी छैन’, उनले लेखेकी छन्, ‘यस किसिमको अवाञ्छित गतिविधिबारे कुनै पूर्व जानकारी पनि थिएन । साथै मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागज पत्र, हस्ताक्षर र नामको दुरुपयोग गरी गैरकानूनी क्रियाकलाप गरिएको रहेछ भने दोषी उपर कडा कारबाही गर्न सम्बन्धित निकायलाई निवेदन गर्न चाहन्छु ।’

केही समय अगाडि पनि उनी झुटो प्रचारको सिकार बनेकी थिइन । केकीले तौल घटाउने प्रोडक्ट सेवन गरेर शरीरको तौल घटाएको र आश्चर्यजनक रूपमा परिवर्तन आएको भन्दै एक कम्पनीले उनको नाम र तस्बिरहरू प्रयोग गरी विज्ञापन प्रकाशन गरेको थियो ।