केन्ट आरओको दशैंतिहार अफर सार्वजनिक

केन्ट आरओको दशैंतिहार अफर सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  सिजी इलेक्ट्रोनिक्सले यसपालीको दशै र तिहारलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यसपालीको दशै र तिहारलाई लक्षित गरी ग्राहक योजना ल्याएको हो ।

भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “यो चाडपर्वको मौसम, आफ्नो स्वास्थ्य १०० प्रतिशत शुद्ध पानीसँग मनाउनुहोस्” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा सीजी ब्रान्ड को चपर उपहार स्वरूप प्रदान गरिएको छ । यो ग्राहक योजना अश्विन ८, २०७८ देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको छ।

प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन् । तपाईंले पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ। साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ ।

पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ। यसैले, आर.ओ.बाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको छ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन्। केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशकउपकरणहरू-डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध छन् ।