टाढा छ केरुङ-काठमाडौँ रेल


काठमाडौं – प्रधानमन्त्री केपी ओलीले २०७२ साल चैतमा चीन भ्रमण गरेसँगै त्यहाँबाट रेल नेपाल ल्याउने कुराले चर्चा पाउन थाल्यो । २०७६ सालसम्म आइपुग्दा प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेसम्म आएको रेल केरुङ हुँदै काठमाडौँ ल्याउने बताइरहेका छन् ।

प्रधानमन्त्रीको कुरा सुन्दा महिना होइन केही दिनभित्र चिनियाँ रेल नेपाल आइहाल्छ जस्तो लाग्छ । तर, केरुङ–काठमाडौँ रेलमार्गको अहिलेसम्म सम्भाव्यता अध्ययनसमेत हुन सकेको छैन ।

सम्भाव्यता अध्ययनअघि प्राविधिक अध्ययन प्रतिवेदन चाहिन्छ । चीनको नेसनल रेलवे अथोरिटी अफ चाइनाले रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन नेपाललाई २०७५ मंसिरमा बुझाइसकेको छ ।

उक्त प्रतिवेदनले काठमाडौँ–केरुङ रेलमार्गको दुरी करिब ८० किलोमिटर हुने र निर्माण गर्न नौ वर्ष लाग्ने अनुमान गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस
Advertisement