काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालका तर्फबाट काठमाण्ड महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापित ‘मि टु’ बारे प्रश्न गरे पछि आक्रोशित भएका छन् ।
बिहीबार नेसनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा विद्यार्थीहरुले उम्मेदवार स्थापितलाई लागेको ‘मी टु’ आरोपको बारेमा प्रश्न गरेपछि उनी आक्रोशित बनेका हुन् । उनले आफू जत्तिको मान्छेलाई आरोप लगाएको बताए ।
‘म जत्तिको मान्छे आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनु पर्छ’ स्थापितले आफू बसेको ठाउँबाट उठेर विद्यार्थीलाई भने ‘ यु आर नाइस लेडी तर तपाईको थुतुनो ठिक छैन ।’
स्थापितले त्यति भनिसके पछि उनलाई त्यहाँ सहभागी मेयरका उम्मेदवारहरुले आफ्नो स्थानमा बस्नको लागि उनलाई आग्रह गरे ।




प्रतिक्रिया