केशव स्थापित मानसिक विचलन भइसकेको व्यक्ति हो : सभापति बानियाँ

केशव स्थापित मानसिक विचलन भइसकेको व्यक्ति हो : सभापति बानियाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस काठमाण्डुका सभापति सबुज कृष्ण बाँनियाले नेकपा एमालेको तर्फबाट काठमाण्डु महानगरको मेयरका उम्मेदवार केशव स्थापित मानसिक विचलन भइसकेको व्यक्ति भएको बताएका छन् ।

रत्नपार्कस्थित शान्तिवाटीकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभामा बोल्दै सभापति बाँनियाले स्थापित मानसिक विचलन भइसकेको व्यक्ति भएको बताएका हुन् ।

मानसिक विचलन भएरै जथाभावी बोल्दै गर्ने, सम्मान गर्नुपर्ने महिलाहरूका विषयलाई अपमानित गराउने कार्य गर्दै आएको उनको भनाई छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले मेयरमा सिर्जना सिंहलाई उठाएको भन्दै उनलाई जिताउन सबैमा अनुरोध गरे ।

‘मानसिक रूपमा विचलन भइसकेपछि जथाभावी बोल्दै हिडिरहेका छन् । नेकपा एमालेले त्यस्तो व्यक्तिलाई मेयरमा उठाएको छ । यदि जित्यो भने पनि काठमाडौंको विकास कसरी गर्छ ?’ उनले प्रश्न गरे ।

काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको सभामा गठबन्धनका नेताहरूले सम्बोधन गरिरहेका छन् ।