काठमाण्डु – काठमाण्डु उपमहानगरपालिकाका पूर्वमेयर केशव स्थापितले मेयर विद्यासुन्दर शाक्यको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत स्थापितले मेयर शाक्यले योजना अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।
‘विद्यासुन्दर शाक्यलाई मैले काँधमा बोकेर जिताएको हो । १०१ योजना मैले ल्याएको हो । मैले दिएको १०१ काम गर्यो भने मेयर भयो । हुँदै भएन’, उनले भनेका छन् ।
त्यस्तै स्थापितले मेयरको कामको मूल्यांकन पनि गरेका छन् । उनले मेयरलाई एक सयमा शुन्य अंक दिएका छन् ।
‘मेयर असफल भयो भनेर निर्मम भएर भन्ने हो । तपाईको मुल्यांकनमा १०० मा कति अंक दिनुहुन्छ मेयरलाई ? म १०० अंकमा ०० दिन्छु’, उनले भनेका छन् ।




प्रतिक्रिया