केशव स्थापितको उम्मेदवारी रद्द गर्न ४५ संघसंस्थाको माग

केशव स्थापितको उम्मेदवारी रद्द गर्न ४५ संघसंस्थाको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न ४५ संघसंस्थाले काठमाण्डु महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापितको उम्मेदवारी रद्ध गर्न माग गरेको छन् ।

महिला अधिकारको क्षेत्रमा काम गर्ने महिला पुनर्स्थापना केन्द्र (ओरेक) सहित ४५ संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै स्थापितको उम्मेदवारी रद्ध गर्न माग गरेका हुन् ।

सार्वजनिक कार्यक्रममा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने प्रकृतिको अभिव्यक्ति दिएको भन्दै उनीहरुले कारवाही स्वरुप स्थापितको उम्मेदवारी रद्द गर्न माग गरेका हुन् । स्थापितमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे एक युवतीले प्रश्न सोधेकी थिइन् ।

उनको जवाफमा स्थापितले ‘युर आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन’ भन्ने प्रतिक्रिया दिएका थिए । साथै उनले अगाडि थपे, ‘यो बहिनीले पनि वेश्यावृत्ति गर्छ भनेर म पनि छपाऊँ ?’

काठमाण्डु महानगरको दुई कार्यकाल मेयर भइसकेका स्थापितले लैंगिक हिंसा गरेको अधिकारवादी संस्थाको दावी छ । स्थापित नेकपा एमालेबाट काठमाण्डु महानगरको प्रमुखका उम्मेदवार हुन् ।