कांग्रेस रूकुम पूर्वको सभापतिमा केशरमान रोका निर्वाचित

कांग्रेस रूकुम पूर्वको सभापतिमा केशरमान रोका निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको रूकुम पूर्वको जिल्ला सभापतिमा केशरमान रोका  पुनः निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशका जिल्लामध्येमा सभापति निर्वाचित हुने रोका पहिलो हुन् ।

सभापतिमा रोकाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध जिल्ला सभापति चयन भएको निर्वाचन अधिकृत ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए । 

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहनिकट रोका पूर्वसहायकमन्त्री समेत हुन् । उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम, सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी, सहसचिवमा धनप्रताप बुढा मगर र खड्कबहादुर घर्ती निर्वाचित भएका छन् । जिल्ला कार्यसमितिका सबै सदस्य सर्वसम्मत रूपमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।