मुगुमा कांग्रेसका खड्ग शाही विजय

मुगुमा कांग्रेसका खड्ग शाही विजय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु – मुगु जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाही विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पूर्ण बहादुर रोकायालाई ११९६ मतले पछि पार्दै शाही विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ७ हजार ९२४ मतसहित विजयी हुँदा रोकायाले ६ हजार ७१८ मत पाए ।

तेस्रो भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चन्द्र बहादुर शाहीले ५ हजार ५५८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमटाले ५३० मतसहित चौथो भएका छन् ।

मुगुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बल बहादुर मल्लले २०३ नेकपा माओवादीका उम्मेदवार रंगबिर परियारले २८० पाएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ मत ल्याएका छन् ।

मुगुमा ३६ हजार ३१ मतदातामध्ये २२ हजार ७१ मत खसेको थियोे । जसमा ८४६ मत बदर भएको थियो ।