काठमाण्डु —बैदेशिक रोजगारका लागि खाडी मुलुक गएका १० हजार नेपाली अलपत्र परेका छन् ।
नेपाली मजदुर एकता समाज केन्द्रीय समितिले खाडी मुलुकमा मात्रै ५० भन्दा बढी शवसहित १० हजार नेपाली अलपत्र रहेको बताएको छ ।समितिले वैदेशिक रोजगारीका क्रममा विदेश पुगेका नेपाली कोरोना संक्रमणलगायत विभिन्न कारणले अलपत्र भएको भन्दै समाजले उद्दारका लागि सरकारसँग आग्रह गरेको छ ।
समाजका प्रवक्ता बिजय भुसालले एक विज्ञप्ति जारी गर्दै युएईमा दैनिक एउटा वाइडबडी फ्लाइट, मलेसिया र साउदीमा हप्ताको एउटा वाइडबडी फ्लाइट हुने व्यवस्था मिलाउन माग गरेका छन् ।





प्रतिक्रिया