खड्कालाई परराष्ट्रमन्त्रालयको जिम्मेवारी,कार्कीले संचारमन्त्रालय पाउंने

खड्कालाई परराष्ट्रमन्त्रालयको जिम्मेवारी,कार्कीले संचारमन्त्रालय पाउंने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको हो । उनको सपथ बुधवार हुंदैछ ।

हाल कानुनमन्त्री रहेका कांग्रेस नेता ज्ञानेन्द्र कार्कीलाई संचारमन्त्रालयमा पठाउने तयारी छ । त्यसैगरी उमाकान्त चौधरी स्वास्थ्यमन्त्री र दिलेन्द्र बढुको समेत मन्त्री बन्ने टुंगो लागेको छ ।बालुवाटार बैठकमा कांग्रेसलाई परराष्ट्र मन्त्रालय दिने सहमती भएपछि खड्काले उक्त जिम्मेवारी पाएका हुन ।

बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेपाली कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलको उपस्थिति रहेको छ।