खुमलटारमा प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच छलफल सुरू, देव गुरुङ र शक्ति बस्नेत पनि सहभागि


काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काबीच छलफल भइरहेकाे छ ।

बिहीबार खुमलटारमा प्रचण्ड र खड्काबीच  सरकार गठनबारे छलफल भइरहेकाे हाे । खुमलटारको भेटवार्तामा माओबादी केन्द्रका नेता देव गुरुङ र नेता शक्ति बस्नेत पनि सहभागि छन् ।

 यसभन्दा अघि प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement