विश्वका होचा व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्रको मृत्यु

विश्वका होचा व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्रको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – विश्वकै होचा व्यक्तिका कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको २८ बर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीबार अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो। निमोनियाका कारण उनको निधन भएको अस्पतालले जनाएको छ। उनलाई दिउँसो ३ बजे मृत घोषणा गरिएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले बताए। खगेन्द्रमा यसअघि स्वासप्रश्वास, हमोग्लोबिनको कमी, ह्वाइट ब्लड सेल बढी हुने समस्या देखिएको थियो।

बागलुङ धुल्लुवासकोटका खगेन्द्रले २०६७ असोज २८ मा विश्वकै होचो व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखिएको थियो। उनको उचाई ५७ सेन्टिमिटर (२२.०४ इन्च) थियो। उनले १८ वर्षको उमेरमा गिनिज बुकमा नाम लेखाएका थिए।खगेन्द्रको जन्मदाँ तौल जम्मा ६ सय ग्राम थियो। निधनअघि उनको वजन ५.५ केजी थियो।