गण्डकीका मुख्यमन्त्री अधिकारीले पर्सि विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री अधिकारीले पर्सि विश्वासको मत लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आईतबार गण्डकी प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।

गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री अधिकारीले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभामा वैशाख २३ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते दिउँसो ३ बजे प्रदेश सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने सूचना शुक्रबार गण्डकी प्रदेश सभाको सचिवालयमा दर्ता गराएका प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिए ।