गण्डकी प्रदेशलाई मध्यावधि निर्वाचनमा जान दिँदैनौ : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशलाई मध्यावधि निर्वाचनमा जान दिँदैनौ : मुख्यमन्त्री अधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई मध्यावधि निर्वाचनमा जान नदिने बताएका छन् ।

नेकपा एमाले बागलुङको नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारलाई एमालेले मध्यावधि निर्वाचनमा जान नदिने बताए ।

मुख्यमन्त्री अधिकारीले केही राजनीतिक दलले प्रदेशलाई मध्यावधिमा जाने वातावरण सिर्जना गर्न खोजे पनि त्यसलाई रोक्ने प्रयास गर्ने बताए ।

उनले भने, ‘प्रदेश सरकार गठन प्रक्रियाविरुद्ध मध्यावधिक गराउने कोसिसका साथ मुद्दा मामिला गरेका छन् । संविधानमा भएको व्यवस्थालाई हामीले मान्नुपर्छ । सोहीअनुसार अगाडि बढेका छौं । हामी प्रदेशलाई मध्यावधिमा जाने वातावरणबाट रोक्ने प्रयास गर्नेछौं । यदि मध्यावधिमा गयो भने आउँदो निर्वाचनमा अन्य दलले पानी पनि भन्न पाउँदैनन् ।’

गण्डकीमा मध्यावधि भए पनि हार्ने छुट कसैलाई नभएको अधिकारीले बताए । ‘अबको चुनावमा नेकपा एमालेको बहुमत हुनेछ । हार्ने कसैलाई छुट हुने छैन । सकेसम्म हामी अहिलेकै अवस्थामा ४ वर्ष सहजतापूर्वक प्रदेश सरकारलाई सञ्चालन गर्नेछौं । चुनावमा नै जानुपरेमा हाम्रै बहुमत हुनेछ । त्यसैले संगठन सुदृढीकरणका लागि तपाईंहरू लाग्नुहोस्,’ उनले भने ।