सुदूरपश्चिमको मुख्यमन्त्री पद मैले पाउने सहमति भइसक्यो: खगराज भट्ट

सुदूरपश्चिमको मुख्यमन्त्री पद मैले पाउने सहमति भइसक्यो: खगराज भट्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका नेता तथा नवनिर्वाचित प्रदेशसभा सदस्य खगराज भट्टले सुदूरपश्चिमको मुख्यमन्त्री आफूलाई बनाउने सहमति भएको बताएका छन् । भट्टले आफूले मुख्यमन्त्री पाउने अब औपचारिक सहमति हुन मात्र दावी गरेका हुन् ।

मंगलबार डडेल्धुरामा डडेल्धुरामा सञ्चारकर्मीसँग कुरा गर्दै यस विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अनौपचारिक समझदारी भएको उनले बताए ।

‘गठबन्धनमा अनौपचारिक सहमतिअनुसार नै म प्रदेशसभामा लडेको हुँ । त्यो कुराको आंशिक खुलासा प्रधानमन्त्रीज्यूबाट नै आइसकेको छ,’ उनले भने ।

संघ र प्रदेशसभाको निर्वाचन अघि केन्द्रमा माओवादी केन्द्रले देउवालाई सहयोग गरेको थियो भने डडेल्धुराको प्रदेशसभा क्षेत्र न. (क) मा नेपाली कांग्रेसले भट्टलाई सहयोग गरेको थियो । देउवाले  भट्टलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने घोषणा गरेका थिए ।