काठमाण्डु – सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् । माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश संसदीय दलको बैठकले भट्टलाई दल नेता बनाउने निर्णय गरेको हो ।
दल नेताका लागि प्रदेशसभा सांसद ओमविक्रम भाटले निर्वाचन हुनुपर्ने माग राखेपछि शनिवार सहमति हुन सकेको थिएन् । आइतबार बिहान भएको छलफलमा बहुमत सांसदहरुले भट्टलाई नै दल नेता बनाउनुपर्ने माग राखेपछि भाट समेत सहमत भएका हुन् ।
खगराज माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य हुन् । भाट भने वैकल्पिक केन्द्रिय सदस्य हुन् । भट्ट डडेल्धुरा प्रदेश सभा (१)बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् भने भाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।




प्रतिक्रिया