नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिँदै

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडु- नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । सिंहदरबारमा नवनियुक्त राज्यमन्त्री गर्बुजा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम उनको सचिवालयले जनाएको छ ।

गत बैशाख १७ गते गर्बुजालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए। गत १० वैशाखमा नेपाली कांग्रेसको आग्रहमा प्रधानमन्त्री ओलीले पूर्णबहादुर तामाङ (कान्छाराम)लाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए।

कान्छारामले सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गर्ने र पार्टीभित्र सभापति देउवाविरुद्ध नै संसदीय दलको नेता परिवर्तन गराउने भन्दै आन्तरिक छलफल गर्न थालेको जानकारी पाएपछि उनलाई बर्खास्त गर्न प्रधानमन्त्री समक्ष आग्रह भएको थियो।

ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि विरोध गर्नुका साथै नियम विपरीत उर्जा सचिवलाई स्पष्टीकरण सोधेका थिए।