खाम्चा मगर बेलायती सेनाको लेफ्टिनेन्ट कर्णेलमा पदोन्नति


काठमाडौं– बेलायती सेनामा कार्यरत नेपालका टोल खाम्चा मगर उच्च अधिकृतमा बढुवा भएका छन्।

स्याङ्जा शीरकोट, करादीमा जन्मिएका उनी बेलायती सेनाको छैटौं वरीयताको लेफ्टिनेन्ट कर्णेल बन्न सफल भएका हुन्।

खाम्चा बेलायती सेनाको छैटौं वरीयतामा पुग्ने चौथो नेपाली हुन्। यसअघि लालबहादुर पुन, विजय राजत र यामबहादुर राना लेफ्टिनेन्ट कर्णेल बनेका थिए। यद्यपी, उनीहरुले अवकाश प्राप्त गरिसकेका छन्।

३० वर्ष अघि बेलायती सेनामा भर्ना भएका खाम्चा युकेको अल्डरसटस्थित आर्मी हेर्डक्र्वाटर रिजनल कमाउडमा बस्छन्।

इन्जिनियरिङ पढ्न ललितपुरस्थित पुल्चोक क्याम्पसका भर्ना भएका उनी साथीको लहैलहैमा लागेर बेलायती सेनामा भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement