काठमाण्डु- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका छन्। बिहीबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाणलाई निलम्बन गर्न माग गरेका हुन्।
‘कुनै पनि भ्रष्टाचारलाई कांग्रेसले पृष्ठपोषण गर्न सक्दैन। कुनै पनि स्वरुपको भ्रष्टाचारलाई कांग्रेसले काध थाप्न सक्दैन। र, हुँदैन पनि। भ्रष्टाचार हो र होइन भन्ने टुंगो लगाउने काम अदालतलाई छोडिदिनुपर्छ। यस्तै आरोपका व्यक्ति स्वयं जवाफदेही हुनुपर्छ।’, उनले भने ।




प्रतिक्रिया