काठमाण्डु – नक्कली भुटानी शरणर्थी अन्तर्गत उच्च अदालत पाटनमा चलिरहेको बहसमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको बहस सकिएको छ । नक्कली भुटानी शरणर्थी बनाई अमेरिका पठाउने प्रलोभन देखाएर ठगी गरेको अभियोगमा खाण पक्षको बहस सकिएको हो ।
खाणले वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधिवक्ता र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरु मैदान उत्रेका छन्। खाणलाई थुनामा पठाउने जिल्ला अदालत काठमाण्डुको आदेश बदर हुनुपर्ने माग गर्दै आइतबार वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की लगायतले बहसको सुरुवात गरेका थिए। त्यसलाई निरन्तरता दिँदै सोमबार ७ जनाले बहस गरेका छन्।
पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खाती, बद्रीबहादुर कार्की, प्रेमबहादुर खड्का, कृष्णप्रसाद सापकोटा, महादेव यादव तथा सुरेन्द्र महतोले बहस गरेका छन्। त्यस्तै मंगलबार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका तर्फबाट बहस हुनेछ।




प्रतिक्रिया