काठमाण्डु- गृहमन्त्री बालकृष्ण खाण र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान श्रेष्ठ निवास हात्तीबनमा भएको भेटवार्तामा उनीहरुबीच राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल भएको हो ।
गृहमन्त्री खाण नेता श्रेष्ठ भेट्न उनको निवास हात्तीबन पुगेका थिए । ‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी भयो,’ गृहमन्त्री खाणले भने ।
राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार निर्णयार्थ प्रस्तुत हुँदैछ ।




प्रतिक्रिया