भारतीय मिसाइल आफ्नो भूमिमा खसेपछि इमरान खानले भने- चाहेको भए…

भारतीय मिसाइल आफ्नो भूमिमा खसेपछि इमरान खानले भने- चाहेको भए…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको मिसाइल आफ्नो भूमिमा खसेकोबारे बोलेका छन् । उनले भारतको  ‘गल्ती’ले गर्दा पाकिस्तानी भूमिमा मिसाइल  खसेको बताए ।  खानले एक कार्यक्रमबीच भने, ‘यदि पाकिस्तानले चाहेको भए त्यतिबेलै केहि गर्न सक्थो तर हामीले यस मामिला राम्रोसँग ह्यान्डल गर्यौँ ।’

पञ्जाब प्रान्तको हाफिजाबादमा एक कार्यक्रमलाई सम्बोधन गर्दै इमरान खानले भने, ‘हामीलाई धम्की आइरहन्छ। भर्खरै भारतको मिसाइल पनि आइपुगेको छ। पाकिस्तानले धेरै राम्रो जवाफ दिएको छ । यद्यपि हामी अरू केही गर्न पनि सक्छौं।’ ‘आज म तपाईलाई भन्न चाहन्छु कि हाम्रो देश आफैंलाई बचाउन सक्ने देश हो, जुन यस समयमा सही बाटोमा छ ।’ उनले थपे ।

के हो त पुरै मामिला ?
भारतले शुक्रबार प्राविधिक गडबडीका कारण उक्त क्षेप्यास्त्र मार्च ९ मा पाकिस्तानको भूभागमा खसेको जनाएको थियो । यो दुर्घटना पाकिस्तानको मियाँ चन्नुमा भएको हो ।

पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर)का महानिर्देशक मेजर बाबर इफ्तिखारले १० मार्चमा एक पत्रकार सम्मेलनमा भनेका थिए, ‘मियाँ चान्नुमा खसेको उच्च गतिको वस्तु सम्भवतः भारतीय मिसाइल थियो।’

अर्को दिन, मार्च ११, भारतीय रक्षा मन्त्रालयले एक विज्ञप्तिमा स्वीकार गर्‍यो कि ‘नियमित मर्मतसम्भारको क्रममा प्राविधिक त्रुटिका कारण क्षेप्यास्त्र संयोगवश प्रक्षेपण भएको थियो।’ भारतको रक्षा मन्त्रालयले पनि उच्चस्तरीय छानबिनको आदेश दिएको छ ।