घनश्याम भुसाललाई सघाउने सहमति भएको छैन : झलनाथ खनाल

घनश्याम भुसाललाई सघाउने सहमति भएको छैन : झलनाथ खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफुले घनश्याम भुसाललाई अध्यक्षमा सघाउने सहमति नभएको स्पष्ट गरेका छन् ।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रतिक्रिया दिदैँ नेता खनालले आफ्नो दाबी जारी रहेको बताउदै भुसालसँग सहमति नभएको स्पष्ट गरेका हुन् ।

बुधबार खनाल निवासमा भुसालसँगको छलफल पछि उनलेअध्यक्षमा भुसाललाई सहमति गर्ने भएको बताइएको थियो । नेता खनालले आफ्नो नाममा सहमति नहुनुपर्ने कारण के छ भन्दै आफ्नो नाममा सहमति बन्ने बताएका हुन् ।

असार १६ देखि २० गतेसम्म काठमाण्डुमा हुने महाधिवेशनमा वर्तमान अध्यक्ष माधव नेपाललाई नेता खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने बताएका छन् ।